हेटौँडामा तालिमप्राप्त कुकुरसहितको प्रहरी चेकिङ

0
14

हेटौँडा , असोज २७– बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले तयार गरेको चाडपर्वलक्षित सुरक्षा योजनाअनुसार बिहीबार सिन्धुलीको कमलामाई नगरपालिका वडा नं–१४ चन्दनपुरमा कुकुरसहितको प्रहरी चेकिङ गरिएको छ ।

विशेषगरी शुभ दीपावली तथा छठ पर्वलाई लक्षितगरी पटकालगायतका विष्फोटकजन्य पदार्थको ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त चेकिङ गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहित खटिएको प्रहरी टोलीले विष्फोटक पदार्थ, लागूऔषध ओसारपसार र सम्भावित अवाञ्छित क्रियाकलाप गरी भाग्न सक्ने सम्भावित व्यक्तिको चेकजाँच गरेको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बिभिन्न राजमार्ग रहेका नाकाहरुमा कुकुरसहितको प्रहरी चेकिङ गर्दै आइरहेको छ । विजया दशमीको समयमा मकवानपुर र चितवनमा गरिएको उक्त चेकिङ निकट भविष्यमा काभ्रे र धादिङ जिल्लाका विभिन्न स्थानहरुमा गरिने प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जाानकारी दिए ।