देउवाविरुद्ध उठेका सागर ढकालले पाए चुनाव चिह्न सुई

0
15

काठमाडौं, असोज २७– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाविरुद्ध उम्मेदवारी दिएका सागर ढकालले चुनाव चिह्न सुई पाएका छन्। उनले डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

केही वर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा शेरबहादुर देउवालाई प्रश्न गर्दा उनले हप्की खाएका थिए। अहिले ढकालले उनै देउवाको क्षेत्रमा उम्मेदवारी दिएका हुन्।

‘मैले सोचेर नै सुई चुनाव चिह्न लिएको हुँ,’ चुनाव चिह्न पाएपछि ढकालले भने, ‘देश बिरामी छ, अब सुई लगाउनु पर्छ। देशलाई अब एक डाक्टरको खाँचो छ भनेर साङ्केतिक रूपमा उक्त चिह्न लिएको हुँ।’

उनले अब राजनीतिमा पनि सुइँको आवश्यकता रहेको बताए। ढकालले भने, ‘अब शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड लगायतका नेतालाई सुई लगाउनु पर्‍यो। डडेल्धुराका जनताले पनि देउवालाई सुई लगाइदिन्छन्।’