नेप्सेमा सामान्य अंकको वृद्धि

0
15

काठमाडौं,असोज २७ – शेयर बजारमा आज सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसुचक आज ४ दशमलव १५ अंकले बढेर १८७० दशमलव ६३ विन्दु कायम भएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज ० दशमलव ९५ अंकले बढेर ३६७ दशमलव १४ विन्दुमा पुगेको हो ।

यसैगरी, नेप्सेमा आज २२२ कम्पनीको ८२ करोड ९६ लाख ४६ हजार ९२० रुपैयाँ बराबरको २६ लाख ९८ हजार ३४७ कित्ता शेयर खरिद विक्रि भएको हो ।