उम्मेदवारी खारेज भएपछि सर्वोच्च पुगे रुपन्देहीका नेता गुरुङ

0
34

रुपन्देही, असोज २७ – उम्मेदवारी खारेज भएपछि नेकपा (एकीकृत समाजवादी) का नेता राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका गुरुङले निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । सोही निर्णय पश्चासत निर्वाचन अधिकृतको कार्यालयविरुद्ध रिट लिएर गुरुङ सर्वोच्च अदालत पुगेका हुन् । सत्तारुढ गठबन्धनबाट रुपन्देही– २ मा उम्मेदवार बनेका नेता गुरुङ कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मनोनयन खारेज गरिदिएको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रुपन्देही– २ मा उम्मेदवारी खारेजीको विषयमा रिट पेस भएको र दर्ताको प्रक्रियामा रहेको बताए । रुपन्देही– २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि उम्मेदवार छन् । गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलस) र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको पनि मनोनयन खारेज गरिएको थियो ।