तास खेलिरहेका सात जना पक्राउ

0
20

चितवन, असोज २७- पूर्वी चितवनकाे खैरहनीमा तास खेलिरहेका ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गए राती ११:०० बजेको समयमा खैरहनी न.पा.३ उनान्टोल स्थित चिरञ्जिवी सडौलाको घरमा जुवा तास खेली रहेको सात जना पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुबाट नगद रू. २,२४,५२०/- (दुई लाख चौबिस हजार पाँच सय बीस), तास १ (एक) बुक सहित बरामद गरिएकाे प्रहरीले जनाएको छ । हाल साे घटनाकाे बिषयमा अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।
पक्राउ परेकाहरु काे विवरण यस प्रकार रहेकाे छ:-
१.जिल्ला चितवन खैरहनी न.पा. ३ बस्ने बर्ष ४२ को चिरञ्जिावी सडौला ।
२.जिल्ला चितवन खैरहनी न.पा. ३ बस्ने बर्ष ४० को सुक बहादुर तामाङ ।
३.जिल्ला चितवन खैरहनी न.पा. ३ बस्ने बर्ष ४० को रोशन तामाङ ।
४.जिल्ला चितवन खैरहनी न.पा. ३ बस्ने बर्ष २२ को पारस तामाङ ।
५.जिल्ला चितवन खैरहनी न.पा. ३ बस्ने बर्ष कृष्ण थापा ।
६.जिल्ला चितवन खैरहनी न.पा. ३ बस्ने बर्ष ३८ को बुद्ध तामाङ ।
७.जिल्ला चितवन खैरहनी न.पा. ३ बस्ने बर्ष २५ को प्रज्वल बिसुराल ।