सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

0
27

काठमाडौं असोज २७- बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

२० असोजमा पक्राउ परेका लामिछानेलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

आज बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो । सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने बताएका थिए । ‘बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ’ सन्दीपका वकिलहरुले भनेका थिए ।