आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

0
32

काठमाडौं, असोज २५– निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका उम्मेदवारलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ।