गोदावरीमा १३२ जनामा डेङ्गु संक्रमण पुष्टी

0
25
dengue

ललितपुर,असोज २५- गोदावरी नगरपालिकामा ज्वरो आएका चार सय ५० व्यक्तिमध्ये एक सय ३२ जनामा डेङ्गु संक्रमण पुष्टी भएको छ ।

गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाका अनुसार उक्त नगरपालिकाको  वडा नं ३, ११, १२, र १४ मा  डेङ्गुको बढी सङ्क्रमण बढी देखिएकाले नियन्त्रणका लागि  विभिन्न किसिमका क्रियाकलाप अपनाउँदै आइएको छ । 

 नेपालमा ३३ हजार ९७५ मा डेङ्गु सङ्क्रमण भएकामा मृत्यु  हुनेको सङ्ख्या ४४ पुगेको जनाइएको छ ।