काठमाडौं,असोज २४- नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीको दुई वटा जन्मदर्ता भेटिएको उनका कानुन व्यवसायीले दावी गरेका छन्।
ती युवतीको दुईवटा जन्मदर्ता भेटिएको र नाबालिग नरहेको पाइएको सन्दीपका कानुन व्यवसायीको दावी छ। उनका कानुन व्यवसायी सुधा रिजालले ती युवतीले सन्दीपलाई आफ्नो उमेर १९ वर्ष भएको बताएको दाबी गरेका छन् ।
सन्दीपले सोमबार म्याद थपका लागि अदालत लैजाने क्रममा न्यायाधीशसँग युवतीले आफू १९ वर्ष भएको बताएको र भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको भनेको रिजालले बताइन् ।
प्रकाशित मिति: