खुल्यो भीमदत्त राजमार्ग

0
85

अतरिया,असोज २४ – लगातार अविरल वर्षा भएपछि अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ ।

कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा वडादसैँको दोस्रो दिनदेखिको राजमार्ग अवरुद्ध भएको थियो ।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सावारी चालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।

पहाडी सात जिल्ला जोड्ने अवरुद्ध भएको राजमार्ग अहिले सञ्चालनमा आएपछि सावरीसाधन आवतजावत हुन लागेको उनले बताए ।