मलामी गएका १३ जना सम्पर्कविहीन

0
93
kailai malami lost

कालिकोट, असोज २३ –  कालिकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन भएका छन्।

आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका उनीहरू अहिलेसम्म सम्पर्कविहीन छन् भने खोजी गर्न प्रहरी परिचालन गरिएको छ।

स्थानीय हेमराज शाहीको मृत्यु भएपछि शव घाटमा लिएर गएका मलामीहरू सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। उनीहरू कुकुरखोल्सीबाट सम्पर्कविहीन भएको अनुमान छ।

सो क्षेत्रमा पहिरो गएको र मलामीहरू पनि पहिरोमा परेको हुनसक्ने प्रहरीको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार मलामी गएकाहरू पहिरोसँगै तिला नदीमा आएको बाढीमा परेको हुन सक्ने अनुमान छ।