चितवनमा नेकपा–एस खनालको उम्मेदवारी दर्ता

0
103

चितवन,असोज २३- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का चितवन जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले क्षेत्र नम्बर १ प्रदेश सभा (ख) बाट उम्मेदवारी दर्ता गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका खनालले आज (आइतबार) क्षेत्र नम्बर १ प्रदेश सभा (ख) को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको हो ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी पाएका खनाल जनतामाझ लोकप्रिय नेता मानिन्छन् । उनी कार्यकर्तादेखि मन्त्री हुँदासम्म सबैसँग घुलमिल हुन सक्ने नेताको रुपमा परिचित छन् ।

पछिल्लो समय जनताप्रति उत्तरदायी भूमिका बहन र विकास निर्माणको कार्यले खनालले विजयी हुने आंकलन गरिएको छ ।
उमेदवारी दर्ता गराएका खनालले जनताको लागि काम गर्दै आएकोले विजयी हुनेमा ढुक्क भएको बताए । निर्वाचन पश्चात पनि जनताकै लागि समर्पित रही अघि बढ्ने उनको भनाइ छ ।