चितवन,असोज २३- आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागी लोकतान्त्रिक बाम गठबन्धनबाट चितवन क्षेत्र नं २ मा संघ र प्रदेश तर्फ २ जना वहालवाला मन्त्रीहरुले उम्मेदवारी दर्ता गरेका छन्।
उम्मेदवारी दर्ता गर्ने वहालवाला मन्त्रीहरुमा संघीय राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। उनले चितवन २ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका छन्।
यस्तै गठबन्धनबाट उम्मेदवारी दिने अर्का मन्त्रीमा बागमती प्रदेशका श्रम तथा यातायात व्यवस्था मन्त्री घनश्याम दाहाल रहेका छन्। श्रेष्ठलाई नेपाली काँग्रेसले टिकट दिएको हो भने दाहाललाई माओवादी केन्द्रले टिकट दिएको हो।
प्रकाशित मिति: