काठमाडौँ, असोज २३– नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
उनीसँगै एमालेको तर्फबाट प्रदेश सदस्यका लागि दीपक निरौला र नारायण सिलवालले मनोनयन दर्ता गराएका छन् । आइतबार मनोनयन दर्ता गराएपछि पोखरेलले नेकपा एमालेले जनताको हितका लागि काम गरेकाले चुनाव जित्नेमा विश्वस्त रहेको बताए। नेता पोखरेलले नेकपा एमालेले गत ५ वर्षमा जनताको प्रतिष्ठामा आँच आउने कुनै काम नगरेको भन्दै जनतासँग पार्टीका विचार बोकेर जाने बताए।
प्रकाशित मिति: