काठमाडौँ,असोज २२– राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर- १ बाट एमालेको समर्थनमा चुनाव लड्ने भएका छन् ।
शनिबार बिहान झापा जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेका अध्यक्ष थापाले सूर्य चिह्न लिएर चुनाव लड्ने गरी सहमित गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
यसअघि मकवानपुर क्षेत्र नम्बर १ बाट एमालेका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज रामेश्वर रानाले टिकट पाएका थिए । रानाको टिकट खोसेर थापालाई दिएपछि मकवानपुर एमालेका नेताहरु असन्तुष्ट बनेको एमालेका एक जिल्ला नेताले बताए ।
प्रकाशित मिति: