चितवन,असोज २२- पुर्वी चितवनको रत्ननगरमा एक पुरुष मृत फेला परेका छन । रत्ननगर-९ को गणेश चोकमा अवस्थित पूर्व वडाध्यक्ष रोशन आचार्यको घरको कम्पाउण्ड भित्र एक पुरुष मृत अवस्थामा फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितका अनुसार गैंडाकोट घर भएका ३५ वर्षीय शंकर श्रेष्ठको आज बिहान करिब ३ बजेर ४० मिनेटको समयमा मृत्यु भएको हो । श्रेष्ठको घरको छतबाट लडेर मृत्यु भएको हुन सक्ने चितवन प्रहरीले जनाएको छ ।
कसैको घरमा कोडा खेलिरहेको अवस्थामा प्रहरी गस्तिमा गएको सूचना पाएपछि तितर वितर भई छतबाट खसेको हुनसक्ने प्रहरीका प्रवक्ता पण्डितले बताए । वडा अध्यक्षको घरको कम्पाउण्डभित्र श्रेष्ठलाई मृत अवस्थामा फेला पारिएको उनले बताए ।
प्रकाशित मिति: