काठमाडौँ,असोज २१– नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध युवा उम्मेदवार उठाउने भएको छ ।
एमालेले प्रचण्ड चुनाव लड्ने गोरखा–२ मा युवा व्यक्ति अब्दुस मियाँलाई टिकट दिएको छ ।
पूर्वआईजीपी सवेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गरेका मियाँलाई ‘प्रचण्ड’विरुद्ध गोरखामा उठाउने निर्णय गरेको हो । ३० वर्षीय मियाँ रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका थिए ।
युथ इनिसिएटिभको अध्यक्ष त्याग्दै साझा पार्टीमा लागेका उनी केही समय विवेकशील साझा पार्टीको युवा भातृ संगठनको अध्यक्षको जिम्मेवारीमा थिए ।
प्रकाशित मिति: