चितवन, असोज २१– सत्तारुढ गठबन्धनले शुक्रबार राति अबेरसम्ममा सिट बाँडफाड बाँडफाड टुंगो लगाएको छ । यससंगै चितवनको सिट समेत टुंगो लागेको छ । प्रतिनिधिसभा तर्फ रहेका तीन वटा निर्वाचन क्षेत्र मध्ये कांग्रेसले २ र माओवादीले एक सिट पाएका छन् ।
कांग्रेसको भागमा क्षेत्र नं.१ र २ परेको छ भने क्षेत्र नं.३ माओवादी केन्द्रकै भागमा परेको छ । क्षेत्र नं.३ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बन्ने तयारी थियो । तर शुक्रबार नै माओवादी अध्यक्ष प्रचण्डलाई गोरखा क्षेत्र नं.२ मा उठाउने निर्णय गरेको छ ।
यस्तै प्रदेशसभातर्फका ६ वटा सिट मध्ये ३ वटा कांग्रेसले पाएको छ भने २ वटा माओवादी केन्द्र र एउटा नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ । प्रदेश १ (क) नेपाली कांग्रेसको भागमा परेको छ भने १ (ख) नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ ।
त्यस्तै क्षेत्र नं.२ (क) नेकपा (माओवादी केन्द्र)को भागमा परेको २ (ख) नेपाली कांग्रेसको भागमा परेको छ । यसैगरि क्षेत्र नं.३ (क) नेपाली कांग्रेसको भागमा परेको छ ३ (ख) माओवादी केन्द्र)ले पाएको छ ।
गठबन्धनले सिट बाँडफाड टुंगो लगाएपछि शनिबार दलहरुले उम्मेदवार टुंगो लगाउने छन् । आइतबार विहान १० बजेदेखि मनोनयन दर्ता प्रक्रिया हुनेछ ।