प्रचण्डले छोडे चितवन, गोरखा क्षेत्र नम्बर-२ बाट चुनाव लड्ने

0
101
Prachanda
Prachanda

काठमाडौँ, असोज २१ – नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर-२ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय, पेरिस डाँडामा शुक्रबार साँझ अबेरसम्म बसेको पदाधिकारी बैठकले चितवन – ३ छोडेर प्रचण्डलाई गोरखा – २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

२०६४ सालमा रुकुम र काठमाडौं–१० बाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौं–१० बाट पराजित हुँदा सिरहा–१ बाट विजयी भएका थिए भने २०७४ मा चितवन–३ बाट विजयी प्रचण्ड २०७९ को निर्वाचनमा भने गोरखा –२ बाट उम्मेदवारी दिन लागेका हुन् ।

बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन नलड्ने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो । माओवादी अध्यक्ष प्रचण्डले चार वटा निर्वाचनमा प्रत्येक पटक निर्वाचन क्षेत्र फेरेर नयाँ रेकर्ड बनाएका छन् ।