काठमाडौं, असोज २१– चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान साढे एक बजे चन्द्रागिरि नगरपालिका २ तल्लो मसिने स्थित ध्यानकेन्द्र पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार मृतकहरूमा श्रीमान-श्रीमती र छोरी छन्।
मृतक काभ्रे धुलिखेल नगरपालिका-१२ घर भई ध्यानकेन्द्र बस्ने ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीय रेखा र डेढ वर्षीया छोरी सारफी तीन वर्ष यता चन्द्रागिरीमा घर बनाएर बस्दै आएका थिए। पहिरोले उनीहरू बसेको कच्ची घर बगाएको प्रहरीको भनाइ छ।प्रहरीका अनुसार उनीहरूको शव बिहान ६ बजे निकालिएको हो।
प्रकाशित मिति: