सञ्चारकर्मी आचार्यको “पानी सेतीको गीत” सार्वजनिक

0
148
Ramu Acharya _Pani setiko

रत्ननगर,असोज १५ – चितवनका संचारकर्मी रामु आचार्यको गीत पानी सेतीको सार्वजनिक गरिएको छ । यु–ट्युब च्यानल “ह्याप्पी मिडिया रामु आचार्य” मा गीत सार्वजनिक गरिएको हो ।

गीतमा रामु आचार्यसंगै दोहोरी च्याम्पियनमा तृतीय हुन सफल भाइरल दोहोरी गायिका रिता रावतको आवाज रहेको छ । गीतमा लय तथा थेगो संकलन कृष्ण अधिकारीको रहेको छ भने शव्द स्वयम् आचार्यले लेखेका छन् ।

सुर संगीत डिजिटल स्टुडियो अनामनगर काठमाडौँमा रेकर्ड गरिएको गीतको एरेन्ज केबी भण्डारीले गरेका छन् भने राजीव शाहको अडियो मिक्सिंगमा गीत तयार भएको हो । चितवनको रमणीय स्थानहरुमा छायांकन गरिएको गीतको अधिकाँस दृश्य भने रत्ननगर ११ मा रहेको मनिखोला पार्कमा खिचिएको गायक आचार्यले बताए ।

रवि कोइराला र मदन अच्छामीको छायांकन रहेको गीतको भिडियोको कोरियोग्राफी भने रत्ननगरमा रहेको ड्रिम्स डान्स एकाडेमीले गरेको हो । पुजन लामिछानेको ड्रोन अपरेटिङ मा स्वयम् गायक आचार्यले नै गीतमा सम्पादक र निर्देशकको भूमिका निभाएका छन् ।

गीतमा रामु आचार्य, यसोदा तिमल्सिनाका अलावा प्रकाशमणि सापकोटा, टिकाराम लामिछाने, विष्णु प्रसाद चालिसे र तोयानाथ अधिकारीको अभिनय रहेको छ । गीतमा लोकल माटोको सुगन्ध समेटेका कारण पनि यसलाई श्रोता दर्शकहरुले माया गर्नेमा आशावादी रहेको गायक आचार्यले बताएका छन् ।