पुर्विचितवनमा नि:शुल्क रेविज खोप लगाईयो

0
100

रत्ननगर,असोज १२ – पुर्विचितवनको पर्सा र भण्डारामा निशुल्क रुपमा रेविज विरुद्धको खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ।

विश्व रेविज दिवसको अवसरमा रोटरी क्लब अफ पुर्बी चितवनले निशुल्क रेविज खोप लगाउने कार्यक्रम आयोजना गरेको हो।

रोट्रयाक्ट क्लब अफ पुर्बी चितवनको सहयोगमा संचालित उक्त कार्यक्रममा पर्सा र भण्डारा क्षेत्रका छाडा तथा घरपालुवा गरि ५३ वटा कुकुरलाई खोप लगाईएको थियो।

कार्यक्रममा रोटरियन डा.योगेन्द्र राज पन्तले छाडा कुकुरहरुलाई खोप लगाउनुका साथै रेविज रोग बारे जानकारी गराएका थिए।

बैरिया माध्यामिक विद्यालयका भेटेनरी बिषयमा अध्ययनरत विध्यार्थीहरुको प्राविधिक सहयोगमा संचालित थियो।