लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

0
171

चितवन , असोज ११ – जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरेकाे छ ।

चितवन जिल्ला अदालतको मिति २०७७ पाैष २० गतेको फैसलाले लागुऔषध मुद्दामा २ बर्ष १ महिना कैद र रु. १ लाख २००० जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीलाइ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ७ बस्ने बर्ष ३५ का मिन बहादुर गुरुङ रहेका छन् । उलाई पक्राउ गरी असाेज११ गते कैद तथा जरिवाना भुक्तानको लागी चितवन जिल्ला अदालतमा उपस्थित गराईएको चितवन प्रहरीले जानकारी दिएको छ ।