चितवन ,असोज ११ – डेंगुको सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ४ बिरेन्द्रनगर निबासी ४० बर्षिया महिलाको डेंगुका कारण मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार स्थानीय मैलाकालिका पोलिक्लिनिकमा परिक्षणका क्रममा आइतबार डेंगु पुष्टि भएको थियो ।
उनको उपचारका क्रममा चितवन मेडीकल कलेजमा आज दिउँसो २ः५० वजे मृत्यु भएको हो । यस अघि असोज २ गते रत्ननगर नगरपालिका वडा नम्बर १ का २७ बर्षिय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो । जिल्लामा हाल सम्म ७१७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ४४१ जना चितवनका रहेका छन् ।
बाहिरी जिल्लाका १६७ जना र ठेगाना नखुलेका १०९ जना रहेका छन् । ४ हजार ३८२ जनाको परिक्षणका क्रममा उनीहरुमा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
प्रकाशित मिति: