रत्ननगर , असोज १० – रत्ननगर १३ मा रहेको जयमंगला दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध व्यवसायिक किसानहरु पुरस्कृत भएका छन् ।
संस्थाको २६औं बार्षिक साधारण सभाको अबसरमा अधिकतम दुध उत्पादन गर्ने र घाँसमा आधारित पशुपालन गर्ने ८ जना व्यवसायिक किसानलाई पुरस्कृत गरिएको संस्थाका व्यवस्था जनकराज पन्तले जानकारी दिए ।
संस्थामा बढि दुध विक्री गर्ने किशोर बगाले,सविनप्रसाद खनाल र बेद प्रसाद आचार्य तथा घाँस खेती तर्फ बगाले, खनाल र मनु रेग्मी कोइराला, जनजाती तर्फ अष्टकुमार श्रेष्ठ, दलीत तर्फ चन्द्रबहादुर श्रीमल, गुणस्तर तर्फ गाईको दुध विक्री गर्ने दुर्गा प्रसाद दुवाडी, भैसीको दुध विक्री गर्ने खिल प्रसाद ढकाल नगद सहित पुरस्कृत गरिएको छ ।
कार्यक्रममा पूर्व लेखा समिति सदस्य इन्द्रप्रसाद दाहाल, पूर्व सञ्चालक समिति सदस्यहरु कल्पना अधिकारी, रमामाया ढकाल र निर्मला ढकाललाई सम्मान गरिएको छ । कार्यक्रममा प्लस २ तर्फ उत्कृष्ट अंक ल्याउने सरिका गिरी,सोनिस सुवेदी तथा संस्थाका व्यवस्थापक जनकराज पन्त,सहायक व्यवस्थापक सरोज भट्टराई,कार्यालय सहायकहरु कृष्णकुमार श्रेष्ठ र अर्जुन शर्मा पौडेललाई पुरस्कृत गरिएको सहसचिव लक्ष्मी थापा भट्टले जानकारी दिइन ।
वागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.शरण पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष शिवप्रसाद भट्टले बार्षिक प्रतिवेदन,भावी कार्ययोजना,लेखा समिति संयोजक शंकर गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा नं १३ का वडाध्यक्ष सुवास घिमिरे,वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाले, पञ्चकन्या माविका अध्यक्ष इश्वर खनाल, पञ्चकन्या सामुदायिक वनकी सचिव मीना बुढाथोकी, संस्थाका पूर्व अध्यक्ष विदुर प्रसाद सुवेदीलगायतले मन्तव्य राखेका थिए । २०५२ सालमा स्थापना भएको सो सहकारीको ३९० जना किसान शेयर सदस्य रहेका छन् ।