रत्ननगर ,असोज ८ – रत्ननगरमा मुख्य कार्यालय रहेको शनिवार गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका ६ वटा सदस्य सेवा केन्द्रमा साधरण सभा सम्पन्न गरी सातौं सेवा केन्द्र तथा मुख्य कार्यालयको रुपमा रहेको रत्ननगर १ मा शनिवार साधरण सभाको अन्तिम कार्यक्रम गरिएको हो ।
रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले सस्थागत प्रगति विबरण, कोषाध्यक्ष जनकराज पौडेलले आर्थिक तथा लेखा सुपरिवेक्षण समितिका संयोजक रविप्रसाद सुवेदीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाको बन्दसत्रले उल्लेखित तीन प्रतिबेदन सर्वसम्मत पारित गरेको छ ।
कार्यक्रममा प्रत्येक सेवा केन्द्रबाट पाँच जना असल ऋणि, पाँच जना बचतकर्ता, ७५ बर्ष पुरा भएका ज्येष्ठ शेयर सदस्य १७ जना, एसइई देखि विद्याबारिधी गरेका शेयर सदस्यका छोराछोरीहरु १३ जना, उत्कृष्ट कारोवार गर्ने २० जना, उत्कृष्ट कर्मचारीको रुपमा पर्सा सेवा केन्द्रकी कर्मचारी प्रमिला बास्कोटा, उत्कृष्ट सहकारी अभियान्ताको रुपमा इन्द्रराज ज्योति पौडेल, विशिष्ट सम्मानका रुपमा प्रवल जनसेवाश्री पदकबाट विभूषित शिक्षक डा.हरिप्रसाद कँडेल तथा पत्रकार महेश पाण्डेलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले युनिक जिल्लाकै अब्बल सहकारीको रुपमा स्थापित भइसकेको भन्दै गरिबी न्यूनीकरणको लागि लगानी गर्न आग्रह गरे । उपमेयर यादव प्रसाद पाठकले आर्थिक अबस्था कमजोर भएका शेयर सदस्यहरुलाई उद्यमी बनाउने गरी सहकारीले योजना बनाउनु पर्ने बताए । संस्थाका अध्यक्ष प्रेमकृष्ण खनालको अध्यक्षतामा भएको कार्यक्रममा जयमंगला सेवा केन्द्रका संयोजक रामहरि अधिकारी, श्रीराम बैदिक संस्कृतिक गुरुकुलमका अध्यक्ष ठाकुर प्रसाद लामिछाने, संस्थाका उपाध्यक्ष भीष्मराज न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
२०६५ सालमा स्थापना भएको सो सहकारीमा अहिले ११ हजार २४४ शेयर सदस्य रहेका छन् । २ अर्ब ७ करोड ८० लाख ३१ हजार कुल सम्पती रहेको सो सहकारीको १६ करोड १७ लाख १८ हजार शेयर पूँजि, १४ करोड ८७ लाख १६ हजार जगेडा तथा संस्थागत कोष तथा ऋण जोखिक कोषमा ६ करोड ७७ लाख ६५ हजार रहेको प्रमुख कार्यकारी अधिकृत लामिछानेले जानकारी दिए ।
त्यसैगरी १ अर्ब ६० करोड ४५ लाख ४९ हजार बचत संकलन गरेको सो सहकारीले १ अर्ब ६३ करोड ५१ लाख ३७ हजार ऋण लगानी तथा ३४ करोड ८७ लाख ६५ हजार तरलता रकम रहेको प्रमुख कार्यकारी अधिकृत लामिछानेले जानकारी दिए ।