घरमै अश्लील भिडियो देखाई बलात्कार गर्ने पक्राउ

0
100

नवलपुर , असोज ८ – पूर्वी नवलपरासीमा एक युवतीलाई घरमै अश्लील भिडियो देखाई जबर्जस्ती गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

२२ वर्षीया युवतीलाई आफ्नै घरमा आएको मौकामा विभिन्न अश्लील भिडियो देखाई जबर्जस्ती करणी गर्ने धनिराम भनिने बुद्धिराम खोजवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

निजलाई पक्राउ गरी अनुसन्धानपश्चात अभियोग–पत्रसहित नवलपुर जिल्ला अदालतमा पेशगरी शुक्रबार अदालतको आदेशले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएपछि कारागार चलान गरिएको उनले जनाए ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (१) र उपदफा ३ को (९) अनुसार निजलाई दोषी ठहर भए सातदेखि १० वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान रहेको छ ।