चितवनको टिकौली जंगलमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

0
92

चितवन,असोज ६ – चितवनको भरतपुर महानगरपालिका वडा नं-९ टिकौली जंगलस्थित राजमार्गमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

बिहीबार बेलुकी ६ः४५ बजेको समयमा वीरगन्जबाट काठमाडौँ जान लागेको ना७ख ३७२३ नम्बरको ट्याङ्करले भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा८३प ५५३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर-९, गोन्द्राङ निवासी ६१ वर्षीय प्राण जवरा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते जवराको चितवन मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचारका क्रममा १९ः०७ बजे मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

डिएसपी पण्डितका अनुसार दुवै सवारी साधन प्रहरी चौकी गोन्द्राङको नियन्त्रणमा रहेको र ट्याङ्कर चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं-११ नवलपुर निवासी ३८ वर्षीय तुलाराम मैनार्ली जिप्रका चितवनको नियन्त्रणमा रहेका छन् ।