चितवन, असोज ५- कोभिडले लामो समय थलिएको अर्थतन्त्र विस्तारै उकासिँदै छ । कोभिडले गलाएको व्यापारलाई उकास्न उपभोक्ताको आर्थिक अवस्थालाई मध्यनजर गर्दै बजाजले ‘अप्ठ्यारोमा सघाउँदै बजाज’ भन्ने नाराका साथ विभिन्न सुविधा ल्याएको छ ।
‘अप्ठ्यारोमा सघाउँदै बजाज’ अभियानमा फ्रि सर्भिसिङ क्याम्पको व्यवस्था रहेको बजाजको आभिकारिक बिक्रेता एनके मोटर्स भरतपुरका प्रोपाईटर पदमराज कंडेलले जानकारी दिए । जसअन्तर्गत पार्टसमा १० प्रतिशत, लुब्रिकेन्टसमा २५ प्रतिशत, लेबर चार्जमा ५० प्रतिशत र युरो ग्रीक टायरमा १० प्रतिशत छुट उपलब्ध गराइने कंडेलले बताए । त्यस्तै, सेल्सतर्फ भने जम्मा मूल्यको २५ प्रतिशत रकम डाउनपेमेन्ट गरेर किस्ताबन्दीमा बाईक उपलब्ध गराइने अफर रहेको उनले बताए ।
पछिल्लो समय सबैभन्दा रुचाइएको बाईक २२० पल्सरमा पनि तीन हजार मूल्य गिरावट गरिएको उनको भनाई छ । अन्य ब्राण्डका मोटरसाइकलको तुलनामा चितवनमा बजाजका बाईकले ६५ प्रतिशत बजार लिएको कंडेलको विश्वास छ ।
‘कोभिडले थलिएको बजारलाई उपभोक्ताबीच कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा केन्द्रित छौं,’ उनले भने, ‘पछिल्लो समय बजाजप्रति ग्राहकको चासो बढ्दै गइरहेको छ । त्यसको लागी आर्थिक अवस्था न्यून भएका ग्राहकदेखि धनाड्य र शौखिन ग्राहकलाई मध्यनजर गर्दै विभिन्न मूल्यका बाईकहरु बजारमा उपलब्ध गराएका छौ ।’
बजाज बाईकको स्टाबिलिटी र प्रर्फमेन्स राम्रो हुनुको साथै अन्य मोटरसाइकलको मूल्यको तुलनामा बजाजको बाईक सस्तो छ । भारतमा निर्मित यसको पार्ट्स सर्वसुलभ र सहज रुपले उपलब्ध हुने हुँदा मर्मतमा समस्या नहुने एवम् वस्तु गुणस्तरीय र टिकाउ हुने भएकोले उपभोक्ताको रोजाई बन्न सफल भएको कंडेलको दाबी छ ।
बजाजको दशैँ लक्षित योजनाअन्र्तगत हरेक बाइकको खरिदमा सात हजार रुपैयाँ नगद छुटको साथै हेल्मेट, सिट कभर, लेगार्ड, बाईक कभर पनि निशुल्क उपलब्ध रहेको उनले बताए । बजाजका यात्रुलाई हटलाईनको पनि व्यवस्था रहेको उनले जानकारी दिए । जसअन्र्तगत यात्राको क्रममा बाईक खराब भएको अवस्थामा हटलाईन प्रयोग गरी नजिकैको सर्भिस सेन्टरबाट ग्राहकलाई सुविधा उपलब्ध गराउने कम्पनीको उद्धेश्य रहेको छ ।
गत भदौ ३१ गते पल्सर एनएस–१२५ बिएस सिक्सको लन्चिङ गरेपछि बुकिङ गर्नेको संख्या दिनहुँ बढ्दै जाँदा खुसी मिलेको उनले बताए । बजाजले २०२२ मे पहिलो सातादेखि तीन वर्षको एक्सटेन्सन वारेन्टी चार हजार ९९९ रुपैयाँ थप गरेको छ ।
बजाजको अर्को सुविधा अन्र्तगत वार्षिक कार्ड पनि पर्दछ । जसअन्र्तगत न्युनतम पाँच वटा फ्रि सर्भिसिङ, चारवटा फ्रि वासिङ, हरेक पार्टस्मा ८ प्रतिशत सहुलियत, मोबिलमा ५ प्रतिशत छुट र कार्डमा १० प्रतिशत छुट उपलब्ध हुन्छ । समयअनुसार मोटरसाइकल परिवर्तन गर्न चाहानेलाई एनके मोर्टसमा सम्पर्क गर्न एनके मोर्टस भरतपुरका प्रोपाईटर कंडेलले अनुरोध गरेका छन् ।
प्रकाशित मिति: