रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको चौथो पदस्थापन कार्यक्रम

0
118

चितवन, असोज ४ – रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार साँझ दियालो फुडल्याण्डमा आयोजित पदस्थापन कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष अपेक्षा श्रेष्ठले सपथ ग्रहण गर्नुभयो ।रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको चौथो पदस्थापन कार्यक्रम 1 उहाँलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गभर्नर रविन्द्र कुमार पियाले अध्यक्षको सपथ ग्रहण गराउनु भएको थियो । त्यस्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कार्यसमिति सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।

रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको चौथो पदस्थापन कार्यक्रम 2कार्यक्रममा उत्कृष्ट रोटर्‍याक्टरहरु भरतपुरलाई मायाको चिनोले सम्मान गरिएको थियो । वर्ष २०२१/२२ का अध्यक्ष किशोर रिजालले विभिन्न अवार्डहरु प्रदान गर्नुभएको थियो । निवर्तमान अध्यक्ष किशोर रिजालले वर्ष २०२१/२२ भएका कार्यक्रमहरुको संक्षिप्त विवरण पेश गर्नु भएको थियो भने वर्ष २०२२/२३ का अध्यक्ष अपेक्षा श्रेष्ठले आफ्नो भावी योजना प्रस्तुत गर्नुभएको थियो ।रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको चौथो पदस्थापन कार्यक्रम 3प्रमुख अतिथिमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गर्भनर रविन्द्र कुमार पिया, विशिष्ट अतिथिहरुमा असिस्टेन्ट गभर्नर वर्ष २०२२/२३ जोन ३३ का ई. सुरेश बहादुर शेन ठकुरी र चितवन उद्योग सङ्घका अध्यक्ष तथा रोटरी क्लब अफ भरतपुरका पूर्व अध्यक्ष त्रिलोचन कडेल उपस्थित हुनु भएको थियो । New Capital College, Ratnanagar, Tandi, Chitwanसाथै रोटरी क्लव अफ भरतपुरका अध्यक्ष भोला जोशी, क्लबका संस्थापक दिवश श्रेष्ठ, ट्वीन क्लव रोटर्‍याक्ट क्लव अफ डिल्लीबजार-काठमाडौंका अध्यक्ष छविलाल देवकोटा, सिस्टर क्लवका निर्वाचित अध्यक्ष लवि तिवारी लगायतले मन्तव्य राख्नुभएको थियो ।रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको चौथो पदस्थापन कार्यक्रम 4कार्यक्रममा रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईट र रोटर्‍याक्ट क्लव अफ डिल्लीबजार-काठमाडौंबीच टुईनसीप सम्झौता पत्रमा हस्ताक्षर पनि गरिएको थियो ।

रोटर्‍याक्ट क्लव अफ भरतपुर हाईटको चौथो पदस्थापन कार्यक्रम 5कार्यक्रममा क्लवका निर्वाचित अध्यक्ष सुरज भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने सम्पूर्णमा धन्यवाद मन्तव्य क्लबका उपाध्यक्ष स्वेता दुलालले राख्नु भएको थियो ।अध्यक्ष श्रेष्ठले अन्त्यमा सम्पूर्ण उपस्थिति अतिथिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।