दूध आयात अनुमति बेलैमा फिर्ता नलिए आन्दोलन गर्ने किसानको चेतावनी

0
97

चितवन , असोज ४- सरकारले दूध आयतमा अनुमति दिए लगत्तै चितवनका किसानले असन्तुष्टी जनाएका छन । जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आज भरतपुरमा पत्रकार सम्मेलन गरी सरकारको निर्णय प्रति असन्तुष्टी जनाएका हुन ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अधयक्ष रत्नमणी न्यौपानेले यहांँका किसान देशलाई चाहिने दूध उत्पादन गर्न सकिने भन्दै अनुमति फिर्ता गर्नुपर्ने माग गरे । भारतबाट गुणस्तरहीन दूध ल्याई दुध डेरी र उपभोत्ताबीच द्धन्द्ध सिर्जना गरेको उनीहरुको आरोप थियो ।

सरकारले बि. सं. २०७५ सालबाट दुध आयातमा रोक लगाएको तर अहिले बिचौलियालाई पश्रय दिन आयात अनुमति दिएको भन्दै बताउँदै निर्णय कार्यान्वयन भए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
अनुमति नसच्चिए चितवनबाट नै आन्दोलनका कार्यक्रम शुरु गरिने उनीहरुको भनाई थियो । ‘हामी अझैपनि निर्णय सच्चिन्छ भन्ने आशमा छौं संघका सचिव किशोर वगालेले भने, नसच्चिए भारतबाट आएका दूध नारायणीमा बगाईदिन्छौं ।’ सरकारले आयातलाई अनुमति दिनुभन्दा किसानलाई उत्पादन बृद्धितर्फ प्रोत्साहन गर्नुपर्ने उनीहरुको माग छ । ‘आयात बन्द गरोस यसको सट्टा पांँच हजार गाई पाल्न प्रोत्सान गरोस हामी उत्पादन बढाउन तयार छौं ।’ वगालेले भने ।

केरा किसान माछा किसान पनि आयात रोक्न सडकमा रहेको भन्दै आफूहरु पनि दूधको आयात रोक्न सडकमा बस्न तयार रहेको उनीहरुको भनाई थियो ।