चितवन, असोज २ – चितवनको भरतपुर महानगरपालिका–४ लंकुस्थित सडकमा स्थानीय ७० वर्षीया खगेश्वरी भुषालले लगाएको सुनको सिक्री लुट्ने एक व्यक्ति पक्राउ परेका छन् ।
गत भदौ २३ गते विहान ८ बजेको समयमा स्कुटरमा आएका व्यक्तिले बाटोमा हिड्दै गरेकी वृद्धको सिक्री लुटेर फरार भएका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा सिक्री लुट्ने भरतपुर २३ घरभई हाल भरतपुर ५ सृजना टोल बस्ने ४३ वर्षीय झलक जैसीलाई सिक्रीसहित पक्राउ गरेको हो ।
प्रहरीले घटनाको बेलामा प्रयोग गरिएको ना ४३ प ७४८५ नम्बरको स्कुटरसहित पक्राउ गरेको हो । जैसीलाई चोरी तथा डाका कसुरमा पक्राउ गरि चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: