रत्ननगरमा निःशुल्क स्वास्थ्य परिक्षण

0
72

रत्ननगर, असोज १ – पूर्वि चितवनको रत्ननगरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा सम्पन्न भएको छ। रोट्रयाक्ट क्लब अफ पूर्वि चितवनको आयोजना तथा हर्ष मेडिकल हलको प्राविधिक सहयोगमा रत्ननगर – ४ शितल चोकमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो । शिविरमा ९५ जनाले स्वास्थ्य परिक्षण गरिएको हर्ष मेडिकलका संचालक विक्रम शाहले जानकारी दिए।

शिविरमा पुरानो मेडिकल कलेज भरतपुरका वरिष्ठ छातीतथा नशा रोग विशेषज्ञ डाक्टर पुकार घिमिरेले विरामीको स्वास्थ्य जाँच गरेका थिए ।
शिविरमा विरामीको सुगर, रक्तचाप लगायतको जाँच र स्वास्थ्य परामर्श दिइएको क्लबकी अध्यक्ष रुसिना उप्रेतीले जानकारी दिइन् ।

हर्ष मेडिकलका संचालक विक्रम शाह, स्वास्थ्य परिचारिका तथा क्लबकी सदस्य प्रतिमा तिवारी, क्लवका सदस्य सफल खरेल, प्रवेश घिमिरे, सक्षम उप्रेती लगायतको उपस्थिती रहेको थियो । शिविरमा रोटरी क्लब अफ पूर्वि चितवनले पनि सहयोग गरेको थियो ।