टाँडी बजारका किराना पसलमा म्याद गुज्रिएका सामाग्री भेटिए

0
109

रत्ननगर , भदौ ३० – चितवनको रत्ननगरको टाँडी बजारका किराना पसलमा म्याद गुज्रिएका सामाग्री भेटिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भरतपुर र रत्ननगर नगरपालिकाले विहीबार गरेको अनुगमनका क्रममा किराना पसलमा म्याद गुज्रिएका समान भेटिएका हुन ।

अनुगमनका क्रममा विशेष गरी खाद्य सामाग्री म्याद गुज्रिएको भेटिएको सहकारी,बजार अनुगमन शाखा प्रमुख स्वस्तिका अर्यालले जानकारी दिइन । उपमेयर यादव प्रसाद पाठकको नेतृत्वमा भएको अनुगमनको क्रममा बकुलहरको वावारामदेव किराना पसलमा पुजाको लागि प्रयोग गर्ने तेल विक्रीका लागि राखिएको, विल नकाटेको पाइएको खाद्य निरीक्षक घननाथ अधिकारीले जानकारी दिए ।

बकुलहरकै शुभलाभ इन्टरप्राइजेजमा अखाद्य ध्यू आधा केजीको ५ पकेट र एक केजीको ४ पकेट र झिलिङ्गा ११ पिस म्याद नाघेकोे सामान भेटिएको अधिकारीले जानकारी दिए । म्याद नाघेका सामाग्री नष्ट गरिएको र त्यस्ता सामाग्री पसलमा नराख्न आग्रह गरिएको छ । करिब १ दर्जन किराना पसलमा अनुगमन गर्दा पसलहरुमा मुल्यसुची नराखेको,म्याद नाघेका सामाग्री भेटिएको र अखाद्य समाग्री विक्री भइरहेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।

अनुगमनमा वडाध्यक्षहरु सोहेन्द्रराज खरेल,राजेन्द्र घिमिरे सहित किराना व्यवसायी,रत्ननगर उद्योग बाणिज्य संघ,प्रहरी र पत्रकारहरुको सहभागिता रहेको थियो ।