बालदिवसको अवसरमा शैक्षिक सामग्री वितरण

0
73

भरतपुर ,भदौ २९ – स्पाउज क्लब अफ रोटरी क्लब अफ नारायणगढले राष्ट्रिय बालदिवसको अवसरमा सगरमाथा बालगृह, नौरङ्गे, भरतपुरमा आश्रित १२ जना बालबालिकाकोे लागि आवश्यक शैक्षिक तथा खेलकुदका सामग्रीहरू वितरण गरेको छ ।

बालगृहका संरक्षक, समाजसेवी छायाँ श्रेष्ठको उपस्थितिमा संस्थाका सञ्चालक जेबी लामालाई क्लबका अध्यक्ष सम्झना प्रधानले उक्त सामग्रीहरू हस्तान्तरण गरेको कार्यक्रम संयोजक एलिना बज्राचार्यले बताइन् ।

कार्यक्रममा नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्षहरू रोहितकुमार श्रेष्ठ, सुसनलाल प्रधान, अनुकूल श्रेष्ठ, स्पाउज क्लबका संस्थापक अध्यक्ष शान्ति उपाध्याय पौडेल, उपाध्यक्ष पूर्णिमा श्रेष्ठ, सचिव इन्दु श्रेष्ठ, सह–सचिव डा. सुरक्षा श्रेष्ठलगायत सदस्यहरू दुर्गा श्रेष्ठ, भगवती लामिछाने र अञ्जु प्रधानको उपस्थिति रहेको थियो ।