नेपाल बाल संगठनद्वारा चेपाङ बालबालिकाहरुलाई कपडा बितरण

0
107

अजित अधिकारी
चितवन,भदौ २९-  बुधबार ५८ औं बाल दिवसको अबसरमा नेपाल बाल संगठन चितवनले मनमोहन बालग्रामका चेपाङ बालबालिकाहरुलाई कपडा बितरण गरेको छ ।

नेपाल बाल संगठन चितवनले स्थापना कालदेखि बालाधिकारका क्षेत्रमा काम गर्दै उनीहरुको हकहित र अधिकार प्रत्याभूति गराउन यस संस्था क्रियाशिल छ ।

लोपोन्मुख जातीको रूपमा रहेका माडी ६ स्थित लक्ष्मीनिवासमा रहेको मनमोहन बालग्राममा रहेका चेपाङ बालबालिकाहरुलाई कपडा बितरण गरिएको हो ।

दशैं तिहार नजिकिदै गर्दा आफ्ना छोराछोरीहरुलाई नयाँ कपडा कसरी किन्ने होला ? भन्ने चिन्ता थियो । तर संस्थाले आफ्न्ना छोराछोरीहरुलाई कपडा सहयोग गरेकोमा चेपाङ बालबालिकाका अभिभावकहरु खुशी छन् ।

यसैगरी संस्थाले छात्राहरूका लागि कुर्था सुरुवालको कपडा र २५ जना छात्रहरुलाई स्कुल पोशाक बितरण गरेको हो ।

पोशाक वितरण कार्यक्रमका नेपाल बाल संगठन चितवन (बाल मन्दिर)का पदाधिकारीहरुसंगै वडाध्यक्ष दीपेन्द्रराज पौडेल, सामाजिक अगुवा श्रीप्रसाद दवाडी, बालग्रामका व्यवस्थापन समिति अध्यक्ष टंक पौडेल र व्यवस्थापक टिकाराम आचार्य लगायतको आतिथ्य रहेको थियो ।