भरतपुर ,भदौ २९ – कालिका एफएमले आयोजना गरेको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा स्काइराइडर टाँडीका स्वीकृति आचार्य प्रथम हुनुभएको छ ।
५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितामा चितवन र नवलपुरका दुई दर्जन सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा नारायणी नमुना माविका श्रेर्या आचार्य द्वितीय हुनुभएको छ ।
यस्तै नेपाल पुलिस स्कुलका युनिसा थपलिया तृतिय हुनुभएको छ । यस्तै प्रोत्साहन पुरस्कार नारायणी इंग्लिस पव्लिक स्कुलका पीयुष दवाडी हुनुभएको छ । प्रथमलाई नगद ८ हजार, द्वितीयलाई ६ हजार, तृतियलाई ४ हजार र प्रोत्सहान पुरस्कार २ हजार रुपैयाँ प्रदान गरिएको छ ।
प्रतियोगिताका प्रमुख अतिथि जिल्ला विकास समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले विजेताहरुलाई शिल्ड, प्रमाणपत्रहरु वितरण गर्नुभएको थियो । निर्णायकका रुपमा वीरेन्द्र क्याम्पसका सहप्राध्यापक डा. धनेश्वर भट्टराई, उपप्राध्यापक अर्जुन सापकोटा, बालकुमारी कलेजका सहायक प्राध्यापक लक्ष्मी बराल रहनुभएको थियो ।
प्रकाशित मिति: