विपन्न विद्यार्थीको सहयोगार्थ चितवनमा चलचित्र “प्रकाश” को च्यारीटी शो हुने

0
170

चितवन, भदौ २९ – चितवनमा नेपाली कथानक चलचित्र ‘प्रकाश’को च्यारीटी शो हुने भएको छ ।

रोट्याक्ट क्लब अफ पूर्वि चितवनको तेस्रो वार्षिकोत्सवको अवसरमा आउँदो भदौ ३१ गते चितवनको नारायणगढमा रहेको क्यूएफएक्स जलमामा च्यारीटी सो हुने भएको हो। सो बिहान साढे आठ देखि शुरु हुने छ।

राप्ती नगरपालिकाको परेवाकोटमा अवस्थित आधारभूत विद्यालयमा अध्ययनरत विपन्न तथा असहाय विद्यार्थिहरुको  सहयोगार्थ च्यारिटी शो गर्न लागिएको क्लबकी अध्यक्ष रुसीना उप्रेतीले बताइन ।

रोटरी क्लब अफ पूर्वि चितवनको सहकार्यमा हुने च्यारिटी शो मार्फत आएको मुनाफाको सम्पूर्ण रकम विद्यार्थिको सहयोगको लागि खर्च गरिने संस्थापक अध्यक्ष पूजन लामिछानेले जानकारी दिए ।

दिनेश राउतको निर्देशन  रहेको उक्त चलचित्रमा नायक प्रदिप खड्का र नायिका दिया मास्केको मुख्य भूमिका रहेको छ।

चलचित्रमा जुम्लाको गरिब परिवारको विपन्नतामा हुर्केका एक सदस्य प्रकाशको शिक्षक बन्ने सपना र त्यससँग उनको सपना पूरा गर्न जोडिएका विभिन्न घटनाक्रमलाई प्रस्तुत गर्न खोजिएको छ ।

चलचित्रको सम्पूर्ण छायांकन जुम्लामा नै गरिएको हो ।