रत्ननगर,भदौ २९ – पुर्वी चितवनको रत्ननगर नगरपालिकामा डेंगु रोग तथा किटजन्य रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।स्वास्थ्य शाखा रत्ननगरको आयोजनामा बुधवार रत्ननगर -१४ स्थित स्वास्थ्य केन्द्रमा जनप्रतिनिधी, शाखाका ब्यवस्थापन समितीका पदाधिकारी,स्वास्थ्यकर्मी,स्वास्थ्य स्वयंसेविका ,प्रहरी,बुद्धिजीवी तथा सरोकारवाला विच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शाखाकी प्रमुख भेष कुमारी न्यौपाने डेंगु रोग नियन्त्रण गर्ने उपाय, डेंगु रोग बाट बच्ने उपाय , डेंगु रोग कसरी सर्छ भन्ने बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै न्यौपानेले टायर तथा प्लाष्टिक लगायतमा जमेको पानीमा लामखुटटे्ले लार्भा हुर्काउने बताउनुभयो ।
कार्यक्रममा रत्ननगर -१४ का वडाध्यक्ष होमनाथ रानाभाटले डेंगु रोग बाट बाच्नका लागी टायर,प्लाष्टिक लगायतमा जमेको पानीमा लामखुटटे्ले हुर्काएको लार्भालाइ नष्ट गर्न र जमेको पानी सफा गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा रानाभाटले डेंगु रोगबाट बच्न सबैले सरसफाईमा ध्यान दिुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै रानाभाटले डेंगु ज्वरो रोगको प्रकोप रोकथाम तथा नियन्त्रणको लागी भोलि देखि नै वडा क्षेत्रमा रहेका सरकारी कार्यालयका पानी राख्ने भाडा, ट्यांकी, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाई रहेको हेरी खोजतलास गरी नष्ट गरिने समेत बताउनुभयो ।
रत्ननगर नगरपालिका वडा नम्वर १४ का वडाध्यक्ष होमनाथ रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो।