रत्ननगर ,भदौ २९ – रत्ननगर नगरपालिकामा सञ्चालित वाल संरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत श्रममुक्त भएर एसइई परीक्षा उत्तिर्ण गरेका चार जना विद्यार्थीहरुलाई बुधवार सम्मान गरिएको छ ।
रत्ननगर उद्योग बाणिज्य संघले ५८औं राष्ट्रिय वाल दिबसको अबसरमा उनीहरुलाई सम्मान गरेको हो । एसइईमा उत्तिर्ण भएका पूर्णिमा विक, प्रकास रम्तेल, इशा श्रेष्ठ र रोहन राईलाई सम्मान तथा शैक्षिक सामाग्री प्रदान गरिएको वालश्रम न्यूनीकरण कार्यक्रमकी अधिकृत मीना खनालले जानकारी दिइन ।
कार्यक्रममा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, बरिष्ट उपाध्यक्ष शंकर गिरी र नगर स्तरीय वाल सञ्जालकी अध्यक्ष रोनिसा घिमिरेले दोसल्ला ओढाएर सम्मान गरेका हुन । रत्ननगर नगरपालिका र उद्योग बाणिज्य संघको सहकार्यमा वालश्रम मुक्त गरी २०७८ चैत महिनामा रत्ननगर नगरपालिकालाई वालमैत्री नगर घोषणा गरिएको थियो ।
करिब ९ बर्ष अघि एक हजार ८० जना वालश्रमिक पहिचान गरी २८० जनालाई शिक्षा सहित मनोपरामर्श, २६० जनालाई शैक्षिक सामाग्री, १३५ जनालाई व्यवसायिक तालिम, १३ जनालाई व्यवसाय सञ्चालनको लागि सहयोग र ११० जनालाई परिवारमा पुर्नमिलन गराइएको संघका अध्यक्ष श्रेष्ठले बताए ।
बरिष्ट उपाध्यक्ष गिरीले वालमैत्री नगर कार्यान्वयनको लागि वाल संरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रम जरुरी रहेको बताए । नगर स्तरीय वाल सञ्जालकी अध्यक्ष घिमिरेले दुरदराजका ठाउँहरुमा संकटमा रहेका वालवालिकालाई शिक्षा प्रदान गर्न सके मात्र वाल दिबसको सार्थकता झल्किने बताइन । कार्यक्रमा कार्यक्रमा वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा,वडा नं १३ की वडासदस्य शारदा न्यौपाने, महिला विकास अधिकृत दीपा घिमिरे लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहभागी वालवालिकाकाहरुले केक काटेर ५८औं राष्ट्रिय वाल दिबस मनाएका छन् । संघको सभाहलमा आयोजित कार्यक्रममा वालवालिकाको प्रतिभा उजागर गर्न हाजिरीजवाफ,गीत,कविता,नृत्य प्रस्तुत गरिएको थियो ।