सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्यो

0
148

काठमाडौं, भदौ २९ – सिक्लेस हाइड्रोपावर कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो ।

यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।