काठमाडौं , भदौ २८ – पछिल्लो २४ घण्टामा थप २ सय ३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ५९ जनामा परीक्षण गर्दा २ सय ३ जनामा संक्रमण देखिएको हो।
१ हजार ३०० पीसीआर परीक्षण गरिएकोमध्ये ८७ जनामा र ३ हजार ७५९ एन्टीजेन परीक्षण गरिएकोमा ११६ जनामा संक्रमण देखिएको हो।
त्यस्तै, सोही अवधिमा १२६ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय ३२ रहेको छ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।
प्रकाशित मिति: