पोखरा,भदौ २८ – आगामी मंसिर ४ गते हुने प्रतिनिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट स्याङ्जा क्षेत्र नं १ मा बोधराज रेग्मीको चर्चा चल्न थालेको छ । उनले स्याङ्जा क्षेत्र नं १ का लागि शिक्षा , स्वास्थ्य, सिद्धार्थ राजमार्ग र पर्यटनका विषयमा आफ्ना मुद्दाहरु उठाउँदै आइरहेका छन् । रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेशका प्रवक्ता समेत हुन् ।
को हुन् बोधराज रेग्मी ?
स्याङ्जा जिल्ला साविक पौवैगौडे गाविस वडा नं १९ हाल पुवनपा ५० मा पिता नरेन्द्र प्रसाद रेग्मी तथा माता लोकमाया रेग्मीको कोखबाट जेठो सन्तानको रुपमा जन्मिएका बोधराज रेग्मी सानैदेखि सहयोगी र निडर व्यक्ति हुन् । पोखराको पृथ्वीनारायण क्याम्पसबाट स्नातक सम्मको अध्ययन गरेका उनले २०६९ सालमा पोखराको न्युरोडमा दर्पण बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरि व्यवस्थापकिय भुमिकामा आठ बर्ष काम गरे । सोहि अवधिमा सहकारीमा एकरुपता हुनुपर्छ र व्यवस्थापक हरेक कुरामा दक्ष हुनुपर्छ भन्ने उद्देश्य सहित नेपालमै पहिलो अभियान कास्कीबाट सुरुवात भएको ‘कोअपरेटिभ म्यानेजर्स क्लब’ का संस्थापक सदस्य समेत हुन् ।
अहिले उक्त क्लव नेपालका ठूला सहरहरु काठमाडौं, चितवन, विरगंज, नवलपरासी लगायत धेरै जिल्लामा विस्तार भईसकेको छ । सन् २०११ देखि लियो क्लव अफ पोखरा पिस चौतारी मार्फत समाजसेवामा सक्रिय रुपमा आबद्ध भए । सन् २०१४ मा लायन्स क्लव अफ पोखरा पिस सोसाईटिको संस्थापक सदस्य बनी समाजसेवालाई अझै तिब्र पारे । लायन्स क्लब अफ पोखरा पिस सोसाईटिको २०२०–२१ को अध्यक्ष भईरहँदा उनले थुप्रै सामाजिक कार्यहरू गरेका छन् । समाजसेवाकै क्रममा स्याङ्जा, कास्की, तनहुँ, गोरखा, पर्वत, मनाङ, गुल्मी लगायतका जिल्लाहरुमा पुगेका छन् ।
पोखरा घारिपाटन स्थित हिमालय आँखा अस्पतालको सहकार्यमा कैयौं मोतियाविन्दुका विरामीको निशुल्क उपचार तथा अपरेसन गराउन समन्वय समेत गरेका छन् । नजिकका जिल्लाहरुमा भएका थुप्रै बृद्धबृद्धा र बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थाहरूलाई निरन्तर आववश्यकिय सहयोग गर्दै आएका छन् ।
नाङ्गो पैतालामा चप्पल लगाईदिँदा, भोको पेटमा खानेकुरा दिँदा, नाङ्गो आँङमा कपडा लगाईदिँदा आफु खुशी हुने बताउँछन् उनी । २०७२ सालको भुकम्प पछि भुकम्प पिडितको राहतका लागि गण्डकी प्रदेशका अधिकांस जिल्लामा पुगेर सहयोग गरेका थिए । त्यस्तै कोभिड महामारीको समयमा स्याङ्जा र कास्कीका गरिब समुदायमा खाद्यान्न वितरण समेत उनले गरे ।
उक्त समयमा राहतका लागि सरकारको एकद्वार प्रणाली गलत भएको र आफ्ना नजिकका गरिव तथा चुल्हो बल्न गाह्रो भएकाहरूलाई भोको बस्न नदिने भन्दै खाद्यान्न सामाग्री वितरण गरि सरकारलाई आफुलाई जेल हाल्न समेत चुनौति दिएका थिए । गतवर्ष मनाङमा बाढी पहिरो पिडितका लागि काठमाडौंको एउटा संस्थासँग सहकार्य गरि हेलिकप्टर मार्फत खाद्यान्न पुर्याउन समेत भ्याए ।
बोधराज एक कलाकार समेत हुन् । केही बर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘नाईके’ मा नायकको भुमिकामा अभिनय समेत गरे । उनका मुख्य पेसा पोखरा १७ घारिपाटन स्थित नामिस ईन्टरप्राईजेज नामक खाद्यान्न होलसेल र काठमाडौं गोंगबु स्थित ड्रिमसिटी ईन्टरनेशनल टुर्स एण्ड ट्राभल्स हुन् । यसका अलवा चलचित्र पत्रकार संघ कास्कीका केन्द्रीय प्रतिनिधि तथा गुराँस लाईफ ईन्स्योरेन्ससँग पनि आबद्ध छन् ।
समाजका हरेक विषयमा चासो राख्ने रेग्मी २०७९ साउन ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश भेलाबाट गण्डकी प्रदेश समिति सदस्यमा चयन भए । हाल उनी गण्डकी प्रदेश समितिको प्रवक्ता हुन् । गण्डकी प्रदेशका ११ वटै जिल्लामा संगठन विस्तार तथा जिल्ला भेलामा व्यस्त उनी पूर्णकालिन राजनितीमा लागेको र युवाहरू राजनितीमा आउनुपर्ने बताउँछन् । नयाँ अनुहारसँग छिट्टै घुलमिल हुन सक्ने र प्रभाव पार्नसक्ने खुवी छ उनिसँग ।
देशको विकास कसरी हुन्छ भन्ने बुझ्नका लागि मलेसिया , थाईल्याण्ड, सिंगापुर , दुबई लगाएतका देशमा भ्रमण गरिसकेका छन् ।
पुतलीबजार नगरपालिका स्याङ्जाको शाखा बाटोहरुमा लिईने पटके कर आवश्यक नभएको र जनतालाई मारमा पारेको भन्दै तत्कालीन मेयर विरुद्ध खरो रुपमा उत्रने पहिलो व्यक्ति हुन् उनी । अहिले पुतलीबजार नगरपालिकाले उक्त कर हटाएको छ । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं १ बाट आफु आकांक्षी रहेको र पार्टीको निति अनुरुप टिकट लिएर आफ्नो क्षेत्रको हरेक कुराको विकासका लागि आफु तयार रहेको रेग्मी वताउँछन् ।
प्रकाशित मिति: