धारिलो हतियार देखाएर मनि ट्रान्सफरबाट नगद लुट्ने अटोचालक पक्राउ

0
114

चितवन,भदौ २८ – चितवनमा धारिलो हतियार देखाएर नारायणी मनि ट्रान्सफरबाट रकम लुट्ने बा.प्र.०३–००१ ह १२६३ नम्वरको अटोचालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्ता पुर्व घर भई हाल हाल भरतपुर महानगरपालिका वडा नम्बर १६ मा डेरा गरी बस्ने मिनमान सुनार रहेका छन ।धारिलो हतियार देखाएर मनि ट्रान्सफरबाट नगद लुट्ने अटोचालक पक्राउ 1जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आईतवार दिउसो सवा १ बजे भरतपुर महानगरपालिका वडा नम्बर ४ फनपार्क नजिकमा रहेकोे नारायणी मनि ट्रान्सफरमा पसेर धारिलो हतियार दाउ देखाई मनि ट्रान्सफरमा रहेकी एक स्टाफलाई डरत्रास धम्की दिई नगद दुईलाख ४ हजार२५० रुपैंया लुटेर फरार भएका थिए ।

नगद लुट्ने क्रममा सुनारले आफूले लगाएका कपडा हेल्मेट पञ्जा लगायतका सामान भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित एक घोलमा लुकाईछिपाई राखेका थिए । उनीमाथि डाँका चोरी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

धारिलो हतियार देखाएर मनि ट्रान्सफरबाट नगद लुट्ने अटोचालक पक्राउ 2धारिलो हतियार देखाएर मनि ट्रान्सफरबाट नगद लुट्ने अटोचालक पक्राउ 3धारिलो हतियार देखाएर मनि ट्रान्सफरबाट नगद लुट्ने अटोचालक पक्राउ 4