वरिष्ठ पत्रकार गौतम अस्पताल भर्ना

0
117
पत्रकार देवेन्द्र गौतम

काठमाडौं,भदौ २७ – वरिष्ठ पत्रकार देवेन्द्र गौतम बीएण्डबी अस्पताल भर्ना हुनुभएको छ ।

नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवम् प्रकाशक गौतमलाई निमोनिया देखिएपछि उहाँ बीएण्डबी अस्पतालको भेन्टिलेटरमा उपचाररत हुनुहुन्छ ।

परिवारका अनुसार निमोनिया देखिएपछि सुरुमा आइसीयूमा राखेर उपचार गरिएको थियो तर स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरमा राखिएको हो ।

छोरा किरण गौतमका अनुसार केही हप्ताअघि उहाँ कोभिड सङ्क्रमणबाट मुक्त हुनुभएको थियो । सङक्रमणमुक्त भए पनि श्वासप्रश्वासमा समस्या देखिएको र  गत मङ्गलवार उहाँलाई अस्पताल भर्ना गरिएको छोरा किरणले बताउनुभयो ।

देवेन्द्र गौतम सम्पादक समाज नेपालका पूर्व अध्यक्ष र नेपाल पत्कार महासङ्घका का.वा. सभापतिसमेत हुनुुहन्छ ।