नेपाल फोटो पत्रकार महासंघ चितवनको अध्यक्षमा आनन्द पोखरेल

0
58

चितवन, भदौ २७ – नेपाल फोटो पत्रकार महासंघ (एफ एन पी जे) जिल्ला समिति चितवनको अध्यक्षमा आनन्द पोखरेल निर्विरोध चयन भएका छन् । सोमबार भरतपुरमा बसेको भेलाले पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति पुनःगठन गरेको हो ।नेपाल फोटो पत्रकार महासंघ चितवनको अध्यक्षमा आनन्द पोखरेल 1शाखाको उपाध्यक्षमा अनिल भट्टराई, सचिवमा सुनील पराजुली, सहसचिवमा निशा श्रेष्ठ, कोषाध्यक्षमा सुनीलकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा प्रतिमा कुमाल निर्विरोध चयन भएका छन् । त्यसैगरी जिल्ला सदस्यहरु कुलप्रसाद काफ्ले, चरनदेव महतो, पूजा ढकाल, निरुता विक, प्रकाश तामाङ, सुरज परियार, सन्तोष परियार, शिव सुनार र रामचन्द्र अर्याल निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधि एवं नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीको उपस्थितिमा जिल्ला समिति पुनःगठन गरिएको हो ।नेपाल फोटो पत्रकार महासंघ चितवनको अध्यक्षमा आनन्द पोखरेल 2त्यसैगरी महासंघको केन्द्रीय सदस्यका लागि जिल्लाबाट प्रविन बराल र बद्रि अर्याल तथा प्रदेश कमिटी सदस्यका लागि गीता गुरुङ र अस्मिता पराजुलीलाई सिफारिस गर्ने निर्णय गरिएको शाखा अध्यक्ष पोखरेलले बताए । प्रदेश कमिटी सदस्यमा पछि थप एक जना सिफारिस गरिने पोखरेलको भनाइ छ । त्यसैगरी जिल्ला शाखा चितवनका निवर्तमान अध्यक्ष कोमलचन्द्र भगतको संयोजकत्वमा पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी र सल्लाहकार तिलकराम रिमाल सदस्य रहनेगरी सल्लाहकार समिति गठन गरिएको पोखरेलले जानकारी दिए ।नेपाल फोटो पत्रकार महासंघ चितवनको अध्यक्षमा आनन्द पोखरेल 3महासंघ चितवन शाखाले चाँडै नै फोटो पत्रकारहरुलाई लक्षित गर्दै क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष पोखरेलले बताए । जिल्लामा टेलिभिजन पत्रकार तथा फोटो पत्रकारहरुलाई महासंघमा एकताबद्ध गरेर अघि बढ्ने पोखरेलको भनाइ छ ।नेपाल फोटो पत्रकार महासंघ चितवनको अध्यक्षमा आनन्द पोखरेल 4यसैबीच, नेपाल फोटो पत्रकार महासंघको यही भदौ २९ देखि ३१ गतेसम्म चितवनको सौराहामा हुने दोस्रो केन्द्रीय महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि जिल्लाले सक्दो सहयोग गर्ने बताइएको छ ।