मनकामना, भदौ २७- गोरखाको पवित्र धार्मिक स्थल मनकामना माईको मन्दिर संरक्षणको लागि स्थापित संस्था मनकामना क्षेत्र विकास समितिको अध्यक्षमा पूरानै समितिलाई निरन्तरता दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।
अदालतको आदेशसँगै समितिको अध्यक्षमा रामकुमार जोशी र कार्यकारी निर्देशकमा लेविन्द्र गुरुङको पुर्नबहाली भएको छ ।
सरकार परिवर्तन भएसँगै गत चैत २५ गते मन्त्रिपरिषद्को बैठकले मनकामना क्षेत्र विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशक परिवर्तन गरिदिएको थियो। जसका विरुद्ध समितिका तात्कालिन अध्यक्ष जोशी र कार्यकारी निर्देशक गुरुङ अदालत गएका थिए।
अदालतको फैसला आएपछि छोटो प्रतिक्रिया दिदै कार्यकारी निर्देशक लेविन्द्र गुरुङले अदालतले आफुहरुलाई न्याय दिएको बताए। समितिको कार्यकाल अझै करिब डेढ वर्ष बाँकी नै छ ।
प्रकाशित मिति: