रत्ननगर,भदौ २७ – एकीकृत समाजवादी चितवनका जिल्ला कमिटी सदस्य तथा रत्ननगर वडा नं १५ का सहइन्चार्ज विष्णु लम्साल पुन: एमालेमै फर्किएका छन।
जिल्ला पार्टी कार्यालयमा आज (सोमबार)आयोजित कार्यक्रममा लम्साल सँगै रत्ननगर नगर कमिटी सदस्य हेमलाल तिवारी एमालेमै फर्किएका हुन ।
एमालेका पोलिट्ब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देबी ज्ञवाली, केन्द्रीय सल्लाहकार सदस्य हरि सापकोटा, पार्टी जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने,प्रदेश कमिटी सदस्य गोपी श्रेष्ठले पार्टीमा स्वागत गरेका हुन ।
एकीकृत समाजवादीको आएको विचलनका कारण आफुहरु पुरानै घरमा फर्किएको लम्साल र तिवारीले बताएका छन् ।
प्रकाशित मिति: