दानपेटिकाबाट नगद चोरी गर्ने पक्राउ

0
148

काठमाडौँ । मन्दिरको दान पेटिका फुटाई नगद चोरी गर्ने किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका —७ निवासी १६ वर्षीय किशोर रहेका छन् । हेटौंडा–६ गौरीटारस्थित श्री कृष्ण प्रणामी मन्दिरको दान पेटिकाबाट गत भदौ २४ गते नगद चोरी भएको थियो ।

मन्दिर संरक्षण समितिले दिएको निवेदनको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । चोरी गरी लगेको नगद ३ हजार ५१० रुपैयाँसहित ती किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।