आँखा उपचार केन्द्र रत्ननगर सहयोग समितिको संयोजकमा डल्लाकोटी

0
74
प्रताप डल्लाकोटी pratap

चितवन , भदौ २७ – आँखा उपचार केन्द्र रत्ननगर सहयोग समितिको संयोजकमा रत्ननगर २ का प्रताप डल्लाकोटी मनोनित भएका छन्। नेपाल नेत्रज्योति संघ हिरालाल सन्तु प्रधान नेत्र विज्ञान अध्ययन संस्थान, भरतपुरको कार्यसमितिको बैठकले डल्लाकोटीलाई संयोजकमा मनोनित गरेको हो।

त्यस्तै, सदस्यहरुमा लिलाराज सुवेदी, सीता शर्मा, कैलाश दाहाल, इन्दिरा शाही अधिकारी, टुना घिमिरे मनोनित भएका छन्। आँखा उपचार केन्द्र रत्ननगरको सदस्य सचिवमा आँखा उपचार केन्द्र प्रमुख, वाह्य कार्यक्रम संयोजकमा भरतपुर आँखा असपतालका रमेश घिमिरे रहेका छन्।

त्यस्तै सल्लाहकारमा हरिशरण पाठक, रामप्रसाद ढुंगाना, तिलकराज शर्मा पौडेल, दिवाकर अर्याल र बिमला दवाडी रहेका छन्। आँखा उपचार केन्द्र रत्ननगरको नवगठित समितिले आँखा उपचार केन्द्रको सेवा विस्तार तथा स्तरोन्नतीमा महत्वपूर्ण कोशेढुंगा सावित हुने नेत्रज्योति संघ चितवनले विश्वास लिएको छ।